Rule 84
जलविद्युत सम्बन्धी निर्माण कार्यको लागि सुरक्षात्मक शर्तहरु तोक्न सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विद्युत उत्पादनको लागि आवश्यक पर्ने बाँध, विद्युत गृह एवं अन्य संरचनाहरुको डिजाइन तथा निर्माण गर्दा अपनाउनु पर्ने उपायहरु र जलाशय हुने विद्युत उत्पादन केन्द्रहरुको निर्माण सम्बन्धी सुरक्षात्मक शर्तहरु तोक्न सक्नेछ ।